Wednesday, June 2, 2010

गजल - नहोला कि मिठो ,लय लाग्न थाल्यो। गजल कस्तो भयो,भय लाग्न थाल्यो।

गजल

नहोला कि मिठो ,लय लाग्न थाल्यो।
गजल कस्तो भयो,भय लाग्न थाल्यो।

एउटै थिएँ म, बाँकी उनान्सय के ?
गजलमै भेटेँ आँफै,सय लाग्न थाल्यो।

बनाएर हेरेँ कति,सेर आफ्नै कथा,
जिन्दगी यो मंगल,मय लाग्न थाल्यो।

मन्दिरैमा खोजेँ, देउतासङ्गै सोधेँ,
उज्यालो आँफैभित्र,तय लाग्न थाल्यो।

लेख्दै बाँचेको छु, मरुँला नि लेखी ,
संसारै यो गजल,जय लाग्न थाल्यो।



ज्योतिपुञ्ज सुरेश

No comments: