Friday, June 4, 2010

गजल माया मात्र होइन आज,गाली प्यारो लाग्छ। त्यही गाली आफ्नो ठानेँ,ताली प्यारो लाग्छ।

गजल

माया मात्र होइन आज,गाली प्यारो लाग्छ।
त्यही गाली आफ्नो ठानेँ,ताली प्यारो लाग्छ।

झुले रहर कतिकति,गजल सङ्गै मेरा,
हिरा मोती भन्दापनि ,डाली प्यारो लाग्छ।

बली चढाइ पुराना ति,नयाँ बिचार अनि,
सोचाइमा ल्याये पनि,खालि प्यारो लाग्छ।

आफुलाई अचेल ला'छ,सङ्खा उसैमाथि,
गोरीभन्दा पनि हजुर,काली प्यारो लाग्छ।

हिजो जानु गइगो क्यारे,भोली देख्ने को छ,
ज्योतिपुञ्जलाई यसैपाली प्यारो लाग्छ।

सुरेश ज्योतिपुञ्ज

No comments: