Tuesday, June 15, 2010

गजल चोखो थियो छवी ,लाग्यो आज दाग कस्तो! सोच भयो बेग्लै , लाग्यो आज भाग कस्तो।

गजल

चोखो थियो छवी ,लाग्यो आज दाग कस्तो!
सोच भयो बेग्लै , लाग्यो आज भाग कस्तो।

साँचो गजल त्यो,मिठै लाग्यो लेखेपछी,
गाएँ सुर छैन ,लाग्यो आज राग कस्तो!

नबोलेर झुटो,आधा सत्य खोलिदिएँ ,
कालकुटै तिम्रो,लाग्यो आज माग कस्तो!

झुक्किने झुक्याउने, खेलै जीवनजुवा,
कोइली त्यो हिजो,लाग्यो आज काग कस्तो!

पचाउन सिकेँ ,डस्नेहरु आए गए ,
ऐनामाचैं देखेँ,लाग्यो आज नाग कस्तो!

ज्योतिपुञ्ज सुरेश

No comments: