Tuesday, June 8, 2010

गजल

आपसमा बैरभाव, हटाउने पालो अब !
सिमानामा सबैजना, खटाउने पालो अब!

कोही माथि कोही तल हुने कै'ले सरोबरी?
मेचीदेखी महाकाली, अटाउने पालो अब!

हेर्दाचाहिँ फूलपात,बिष लाग्छ डसेपछी,
सर्पलाई डाँडापारी, कटाउने पालो अब!

ठुलै चौटा खान पाये,रमाउथ्यो नाचीनाची,
झोलै पिरो उसैलाई, चटाउने पालो अब!

धेरै भयो धोकेबाजी,हिसाबकिताब नयाँ,
पाउनेको गुमाउनेले,घटाउने पालो अब।

मिलाउने हात आए,अङ्गालो छ धेरैधेरै,
ढोग्नेढोगाउने छैन, रटाउने पालो अब!

आपसमा बैरभाव, हटाउने पालो अब।
सीमानामा सबैजना, खटाउने पालो अब।

ज्योतिपुञ्ज सुरेश

No comments: