Wednesday, May 19, 2010

गजल धेरै पियी,पिलाउनु ठीक होइन साथी। पियी मन,मिलाउनु ठीक होइन साथी।

गजल

धेरै पियी,पिलाउनु ठीक होइन साथी।
पियी मन,मिलाउनु ठीक होइन साथी।

भेट हुन्छ थोरैसँग,पिउँदा सायद धेरै,
माया दिनु,दिलाउनु ठीक होइन साथी।

बलियो मन कती,प्वाल अती परेपछी,
फेरी फेरी,सिलाउनु ठीक होइन साथी।

जती दुख्छ भित्र,सहनेलाई मजा बेग्लै,
घाऊ मिठो,चिलाउनु ठीक होइन साथी।

धेरै पियी,पिलाउनु ठीक होइन साथी।
पियी मन,मिलाउनु ठीक होइन साथी।


गजलमा 'मानबिय बिरोधाभासको प्रयोग''

'धेरै पिउनुहुन्छ?कम गर्नुस्।कम पिउनुहुन्छ,बन्द गर्नुस्।'

सुरेश ज्योतिपुञ्ज
नुवाकोट,नेपाल
हाल
जिप्मेर मेडिकल कलेज
पोन्डिचेरी,भारत

No comments: