Sunday, May 30, 2010

गजल भक्तको छ ठुलै लाम,दरबारमा हजुर। रमाउने तिनै बन्दुक,तरबारमा हजुर।



गजल


भक्तको छ ठुलै लाम,दरबारमा हजुर।
रमाउने तिनै बन्दुक,तरबारमा हजुर।

जिउँदा मात्रै होइनन,सहिद पनि बोल्छन,
सोझ्याऊन दुनो आफ्नै,सरकारमा हजुर।

आफ्नाको लौ जिब्रो काटी,पोशण पराइको ,
चलाऊने देश भजन, करबारमा हजुर।

भ्यागुता पो निक्लियो,माछो लोकतन्त्र आज,
षड्यन्त्र छ,त्यही मार्ने,घरबारमा हजुर।

भक्तको छ ठुलै लाम,दरबारमा हजुर।
रमाउने तिनै बन्दुक,तरबारमा हजुर।


सुरेश ज्योतिपुञ्ज

No comments: