Friday, May 28, 2010


गजल

हिजो राती हेरेँ,जुनरानीलाई।
आँखाभित्रै बेरेँ,जुनरानीलाई।

तारा भई आउ,भनेपछी उस्ले,
माथि गयी टेरें,जुनरानीलाई।

लाग्यो डर धेरै,निभे के होला?
बादलुमै घेरेँ,जुनरानीलाई।

पुरा पनि राम्री,आधा अझ धेरै,
कतिचोटि फेरेँ,जुनरानीलाई।

चमकै आखिर,भ्रम रै'छ साथी,
कस्को भनी केरेँ,जुनरानीलाई।

हिजो राती हेरेँ,जुनरानीलाई।
आँखाभित्रै बेरेँ,जुनरानीलाई।

सुरेश ज्योतिपुञ्ज

No comments: