Friday, May 28, 2010

सबै सद्धे हुनेछन। सबै बुद्ध हुनेछन।



एउटा एस्तो दिन आउनेछ,
संसार दुई समुहमा बिभक्त हुनेछ।
एउटा समुह सद्धेहरुको,
अरुको समुह बौलाहाहरुको।
तर यहाँ हिजका तथाकथीत सद्धेहरु,
ति युद्धखोरहरु बौलाइसकेका हुनेछन।
तथाकथित शान्तिप्रेमी बौलाहाहरु,
सद्धे भएका हुनेछन,
हिजका बौलाहाहरु जो केही बोलेनन,
मात्रै रोइरहे,मात्रै हाँसिरहे।
वा बोल्न नजाने जस्तो गरेर बसे,
तर हिजका सद्धेहरु जो बोलेनन मात्र,
हतियार उठाए,काटे मारे पनि
मारेर हासे पनि,गोही आसुँ चुहाये पनि.

हिजका बौलाहाहहरु अनि बोल्नेछन,
बोल्नेमात्रै छैनन,
कलम बोक्ने छन,
कलम मात्रै बोक्ने होइन,
लेखन थाल्ने छन
अनगिन्ती उनिहरुका कथाहरु
ति कथाहरु कविता बन्नेछन
कविताहरु गीत बन्ने छन,
गजल बन्ने छन,
अनि,
आजका सद्धेहरु,
बाजागाँजा बजाएर,
एकै स्वरमा गाउन थालनेछन,
नाच्न थाल्नेछन,
ति हिजो बौलाहा ठहरिएका,
आजका बुद्धहरु।

हिजोका सद्धेहरु हिजोजस्तै,
हातमा तरबार, खुँडा,खुकुरी नचाएर,
एके फोर्टी सेवेन,एम सिक्स्टिन खेलाएर,
युद्ध जहाजहरु उडाउदै,
बिनासक अनुबमहरु तयार गर्दै।
असन्ख्य छेप्यास्त्रहरु सद्धेतर्फ फर्काएर ,
ती हिजोका सद्धे,आजका गिद्धहरुले
युद्धको उद्घोश गर्नेछन ।

हिजोका बौलाहाहरु,
आजका सद्धेहरु, आजका तिनै बुद्धहरु,
गाउँदै जानेछन ती प्रथनाहरु
लाहाहरुको काप्न थाल्नेछन
स्वत: हतियार भुइमा राख्नेछन
ति तथाकथिक हिजका बौलाहाहरुको,
अगाडि नतमस्तक हुनेछन.
ति तरबार खुँडा, खुकुरी,
बन्दुक छेप्यास्त्र,अनुबमहरु
स्वत:उनिहरु आँफैले ध्वस्त पार्ने छन।
अनी उनिहरु सद्धेका कथाहरु,
पढ्न थालनेछन.
गीत गाउन थालनेछन,
आफ्न कथाहरु लेख्न थालने छन,
कथालाई कबिता बनाउने छन,
त्यो कबितालाई गीत ,
गजल बनाउदै
गाउन थालनेछन
हिजोका बौलाहाहरुसँग मिलेर
हो,
ती हिजोका तथाकथित सद्धेहरु,
आज बौला'एकाहरु,
फेरी सद्धे हुनेछन्।
सबै सद्धे हुनेछन।
सबै बुद्ध हुनेछन।


सुरेश ज्योतिपुञ्ज

जिप्मेर मेडिकल कलेज
पन्डिचेरी,भारत

No comments: