Saturday, May 29, 2010

गजल


गजल

युद्धमा बन्दुक बोक्ने,राजा हुन्छ यहाँ।
मैदान ईराक,काबुल, गाजा हुन्छ यहाँ।

नियम हो प्रकृतिमा,अन्याय निर्धामाथि,
कमै मात्र बलियोचाँही,खाजा हुन्छ यहाँ।

छैन गीत मान्छेको, गाउने अर्कै कुरा,
बारूद तोप गोली,आज, बाजा हुन्छ यहाँ।

कहाँतीर लागे कुन्नी,मान्छेजस्ता जन्तु?
रगतैमा डुब्या खबर, ताजा हुन्छ यहाँ।

युद्धमा बन्दुक बोक्ने,राजा हुन्छ यहाँ।
मैदान ईराक,काबुल, गाजा हुन्छ यहाँ।

सुरेश ज्योतिपुञ्ज

No comments: