Sunday, May 30, 2010

गजल- डम्फु मात्रै भाई,चारा गजब लाग्छ। आफु सङ्गै आज,सारा गजब लाग्छ।



गजल

डम्फु मात्रै भाई,चारा गजब लाग्छ।
आफु सङ्गै आज,सारा गजब लाग्छ।

हेर्दा खेरी सुधो,मान्छे हजुर लाग्छ,
भित्रभित्रै हुन्छ, दार्हा गजब लाग्छ।

उज्यालो छ जुन,आफ्नै प्रकाश छैन,
हुन्छ त्यही पर,तारा गजब लाग्छ।

एउटा हात छुरी,हात परेवा अर्को,
शान्ति हुनु पर्‍यो,नारा गजब लाग्छ।

कोही मर्छ भोकै,कोही खाएर धेरै,
संसारै छ यस्तै,पारा गजब लाग्छ।

देउता को हुन्छ यहाँ,दैत्य को हुन्छ,
मान्छे आँफै मान्छे,मारा गजब लाग्छ।

नाम सुन्दा भाई,चारा गजब लाग्छ।
आफु सङ्गै आज,सारा गजब लाग्छ।

माथि पुग्छ अझै,जो छ पहिले माथि,
भन्नलाई सर्ब, हारा गजब लाग्छ।

उज्यालो छ जुन,आफ्नै प्रकाश छैन,
हुन्छ त्यही पर,तारा गजब लाग्छ।


सुरेश ज्योतिपुञ्ज

नुवाकोट नेपाल

No comments: