Saturday, May 22, 2010

गजल बोल्न पाउनु पर्छ साथी,बोलाइको कुरा न हो। शब्द गहिरो कती हुन्छ,रोजाइको कुरा न हो।

गजल

बोल्न पाउनु पर्छ साथी,बोलाइको कुरा न हो।
शब्द गहिरो कती हुन्छ,रोजाइको कुरा न हो।

देउतै लाग्ने मान्छे पनि,दैत्य हुन सक्छ पछी,
कालो कस्तो,सेतो कस्तो,सोचाइको कुरा न हो।

गुमाउनेले पाउने कती,पाउनेले गुमाउने कती,
हुँदा आखिर भागवन्डा,मोलाइको कुरा न हो।

नयाँ हजुर राजा हुन्छ, छैन रैती बद्लिएको,
त्यही स्रिपेच कस्को हुने,ढोगाइको कुरा न हो।

जाग्ने पालो बौलाहाको, सद्धेहरु बौलाए'सी,
कस्को बिचार ठुलो आज,भोगाइको कुरा न हो।

बोल्न पाउनु पर्छ साथी,बोलाइको कुरा न हो।
शब्द गहिरो कती हुन्छ,रोजाइको कुरा न हो।



सुरेश ज्योतिपुञ्ज


नुवाकोट नेपाल


मेरा गजलगुरु जसले हरेक पल्टको भेटमा माया गरेर भन्नुभयो-'जतिसुक्यो नियम पूर्वक लेखेपनी, बिचार को लागि लेख्न कहिले नबिर्सिनु।बिचार बिना गजल कहिले पुरा हुँदैन।'त्यसो भनेर माया गर्दै हातमा ज्योतिपुञ्जलाई आफ्नो गजल सङ्रह 'समयलाई सलाम' थमाइदिने यि गुरुलाई यो गजल समर्पित गर्न चाहन्छु। ....आज सम्झिये है ..गुरुर्दक्षिना मेरो।लौ स्विकार्नुस्

No comments: