Monday, May 31, 2010

गजल - बौ'लाउन मजा हुन्छ,पागल भएर हेर। चिन्नलाई धरती यो,बादल भएर हेर।

गजल

बौ'लाउन मजा हुन्छ,पागल भएर हेर।

चिन्नलाई धरती यो,बादल भएर हेर।


पुछ्नलाई सजिलैछ,झरिहाले आसुँ कतै,

आँखैनेर बसी हेर,गाजल भएर हेर।


आवाज होला बेसुरा,बजाएर सुनेपछी,

खरी हाले भईहाल्छ,मादल भएर हेर।


अलिअलि खोक्रो मान्छे,अलिअलि भरी,

घुनलागेपनी साथी ,चामल भएर हेर।


सुरेश ज्योतिपुञ्ज

No comments: