Monday, May 31, 2010

ढोँगी आज, बाबा भयो,पत्याउने मान्छे कस्ता। तातो तेल,सत्य माथि,खत्याउने मान्छे कस्ता। गजल

गजल

ढोँगी आज, बाबा भयो,पत्याउने मान्छे कस्ता।

तातो तेल,सत्य माथि,खत्याउने मान्छे कस्ता।


गाढ्या लास, बिउँताउने,बन्दुकैले मन्त्र हानी,

राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता।


नबस है,भनेकै हो,त्यसमाथि सियो छ नि,

खेलै भयो,कुर्सी त्यही,हत्याउने मान्छे कस्ता।


डराएको,छैन सहीद, मरेकालाई मार्ने को छ?

तिनैलाई,घाँटी थिची,अँत्याउने मान्छे कस्ता।


सुरेश ज्योतिपुञ्ज

No comments: