Thursday, May 20, 2010

गजल - सम्झिनलाई सजिलो छ,पर्नलाई जानेपछी। बिर्सिनलाई गार्है माया ,गर्नलाई जानेपछी।

गजल

सम्झिनलाई सजिलो छ,पर्नलाई जानेपछी।
बिर्सिनलाई गार्है माया ,गर्नलाई जानेपछी।

सजिलो चाँही पक्कै छैन,चढ्नलाई नाउसँगै,
यस्तोनहोस छुट्यो कोही,तर्नलाई जानेपछी।

मनभित्र मन्थन हुन्छ,सोचाइमा आएपछी,
बिचार अनी बन्छ त्यही,सर्नलाई जानेपछी।

नयाँ नयाँ आउँदै गर्छ, मुल कुरो त्यही तर,
पोखाउने पछी हजुर,भर्नलाई जानेपछी।

सिक्नलाई सिक्नैपर्छ,बाचेँसम्म सकेजती,
सिकाउनलाई पाईन्छ ,मर्नलाई जानेपछी।

उज्यालो त्यो कहाँ हुन्छ,सोधिहेरेँ धेरैसँग,
ज्योतिपुञ्ज बल्ल भएँ,छर्नलाई जानेपछी।

सम्झिनलाई सजिलो छ,पर्नलाई जानेपछी।
बिर्सिनलाई गार्है माया ,गर्नलाई जानेपछी।

सुरेश ज्योतिपुञ्ज
नुवाकोट

नेपाल

No comments: