Wednesday, May 26, 2010

देउता छैन कोही यहाँ,दैत्य कोही छैन


देउता छैन कोही यहाँ,दैत्य कोही छैन

देउता छैन कोही यहाँ, दैत्य कोही छैन।
बिरामी हुन सबै आज, बैद्द कोही छैन।

लेख्यौ कती आँफैभित्र,वाचन पनि भयौ
कविता सब हामी साथी,गध्य कोही छैन।

अलिअलि काला सबै,अलिअलि सेता सबै,
सेतो-कालो मात्रै हामी,मध्य कोही छैन।

बौलाउनु निको हुन्छ, मर्नु भन्दा भन्थे,
आफुलाई नै सोधी हेर्नु,सद्धे कोही छैन।

देउता छैन कोही यहाँ, दैत्य कोही छैन।
बिरामी हुन सबै आज, बैद्द कोही छैन।


'सुरेश ज्योतिपुञ्ज'

यस्लाई गजल नभनेर गजल शैलीको कविता भन्नुपर्ला।

No comments: