Monday, May 31, 2010

गजल - अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति। घाऊ तिनै धुन पाए, जाती हुन्थ्यो कति

गजल

अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति।
घाऊ तिनै धुन पाए, जाती हुन्थ्यो कति।

हिरामोती बहुमुल्य,फलामैको भाउ छैन,
पित्तलैमा सुन पाए, जाती हुन्थ्यो कति।

फूल पात,भन्या त्यस्तै,छुने भए अति,
जरा पनि,छुन पाए,जाती हुन्थ्यो कति।

सद्धे सबै अलिअलि,पागल आलिअलि,
मान्छेचाहिँ हुन पाए जाती हुन्थ्यो कति

अरुनिम्ति,रुन पाए,जाती हुन्थ्यो कती।
घाऊ तिनै धुन पाए, जाती हुन्थ्यो कति।


सुरेश ज्योतिपुञ्ज

एउटा मनोचिकित्सक हुने लक्ष्य लिएको छु। समाजबाट अपहेलित ति तथाकथित 'मानसिक रोगी' सुन्दर मान्छेहरुप्रती भावपूर्ण समर्पण।तिनिहरु जो मेरो निम्ती कविता,गीत, गजल जत्तिकै सुन्दर छन।

No comments: